मधेश न्यूज सम्वाददाता,
राजविराज ०२ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको तोपा स्थित जनता माध्यमिक विद्यालयमा लाईब्रेरी (पुस्तकालय) को स्थापना भएको छ । पुस्तकालय एवं इलेक्ट्रोनिक लाईब्रेरी समेत भएको सो पुस्तकालयको उदघाटन राष्ट्रिय सभा सदस्य शेखर सिंहले शुक्रवार गरेका छन् ।
उदघाटन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका भू.पु. अध्यक्ष राधे यादवले गरेका थिए एवं विशिष्ट अतिथिको रुपमा गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह रहेका थिए भने विद्यालयका शिक्षक शिक्षिका एवं स्थानियहरु सहितको उपस्थित रहेको प्रध्यापक ललन दासले जानकारी गराए ।
तिलाठी कोईलाडी गापाको आर्थिक सहयोगमा स्थापना भएको सो पुस्ताकालयको उदघाटन गर्दै प्रमुख अतिथी सिंहले – ‘यो पुस्तकालयबाट यस क्षेत्रका सम्पूर्ण विद्यार्थीहरुले विशिष्ट शैक्षणिक लाभ उठाउन सहज भएको छ । इलेक्ट्रोनिक सम्वन्धी शैक्षिक सामग्रीहरु समेत भएको हुँदा यो पुस्तकालय यो क्षेत्रका उत्कृष्ट पुस्तकालय भएको’ भन्दै उहाँले अगाडी भन्नुभयो ‘यस पुस्तकालयबाट गुणस्तरीय शिक्षा प्राप्त गरी इलेक्ट्रोनिक व्यवसाय अपनाउन पनि आधार हुने र पुस्तकालयमा थप सामग्रीका लागि आवश्यक सहयोग गर्नेछु ।’