पंकज ठाकुर,
जनकपुरधाम, २९ साउन ।
नेपाल प्याब्सन धनुषाका क्रिएटिभ पब्लिक स्कूल जनकपुरधाम–१२ हनुमाननगरले वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक श्री शिव सरण शाहले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समितिको सदस्य दिनेश कुमार यादव र कार्यक्रम संचालन ओम चौधरीले गरेका थिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाल प्याब्सन धनुषाका अध्यक्ष विनोद कुमार यादव , ब्रज किशोर यादव र नेपाल प्याब्सन धनुषाका नगर अध्यक्ष पंकज ठाकुरको समेत उपस्थिती रहेको थियो ।
वकतृत्वकला प्रतियोगितामा कक्षा –४ का छात्रछात्राहरुको लागी पर्यावरण शिर्षक र कक्षा ५ तथा ६ का छात्रछात्राहरुको लागि शिक्षको महत्व शिपंक राखेका थियो । जसमा कक्षा –४ तर्फ प्रथम उत्कर्ष राज , द्वितिय सन्जना साह , तृतीय रागनी राउत रहेका छन भने कक्षा ६ तर्फ प्रथम बन्धन शाह , द्वितीय कामनी साह र तृतीय अरविन्द महरा रहेका छन । प्रथम , द्वितिय तृतीय भएका छात्रछात्राहरुलाई प्रमुख अतिथी द्वारा मेंडल तथा कापी र डटपेन प्रदान गरेका छन । प्रतियोगितामा भाग लिएका सम्पूर्ण विद्यार्थीलाई सान्तावना स्वरुप कापी र डटपेन दिएको विद्यालयका प्रिन्सिपल सरोज साहले जानकारी दिए थिए ।