भूपदेव माली,
राजविराज, ४ भदौ।
सप्तरीमा ५ जना नयाँ संक्रमित विहिवार थपिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको अनुसार तिलाठि कोइलाडि गाउँपालिका स्थित आईसोलेसनका १४ जनाको दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिएको छ।
राजविराजकी ३० वर्षिया महिला, राजविराज १३ का ३५ वर्षिय दुई पुरुष, तिलाठि कोईलाडि ६ का ४५ वर्षिय पुरुष र २५ वर्षिय एक पुरुष गरी ५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालले विहिवार तिलाठि कोईलाडि गाउँपालिकाको आईसोलेसनसहित सप्तरीका ३९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ ।
यसरी नै जिल्लाका विभिन्न बाजारका केही पसलेहरु द्वारा बन्दलाई अवज्ञा गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत देशको मूल लोकमार्गमा रहेको भारदह बाजारलाई ३ गते देखि ९ गते सम्मका लागि भारदह बाजार स्थित रहेका श्री लक्ष्मी व्यापार संघ द्वारा बन्दको घोषणा गरिएको थियो ।
खासगरी बाजार स्थित रहेका फलफुल पसल विहीवार विहानै देखि खुल्ला रहेका छन् । बाजार बन्दलाई अवज्ञा गरेकोमा जनसमुदाय तथा व्यापारीहरुबाटै सक्रमण फैलिने सम्भावना प्रति अन्य व्यापारीहरु गुनासो पोख्छन् ।