राजविराज २१ साउन,
सप्तरीमा मगलवारदेखि शुरु भएको सात दिने निशेधाज्ञाको दोस्रो दिन चहलपहल घटेको छ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको र सदरमुकाम राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेका कारण सजगता अपनाउन निषेधाज्ञा जारी गरिएको हो । संक्रमणको बिस्तारलाई रोक्न तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेकाले संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्य बाहेकका कार्य नगर्न नगराउन आदेश गरिएको छ ।
आदेश जारी भएपछि मंगलवार विहानैदेखि सदरमुकाम राजविराज बाहेक भारदह, कंचनपुर, रुपनगर, फत्तेपुर, कल्याणपुर, बसरसाईन तथा पुर्व पश्चिम राजमार्गमा समेत चहलपहल कम छ भने रुपनगर, कंचनपुर लगायतका स्थानमा सिटि रिक्सा, मोटरसाईलक लगायतका सवारी साधन फाट्टफुट्ट चलेका छन् । यद्यपी दोश्रो दिन बुधवार विहानै देखि सुरक्षाकर्मीहरुले सक्रियता देखाएपछि मंगलवारको भन्दा निषेधाज्ञा प्रवाहकारी रहेको छ ।
औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न नगराउन निशेधाज्ञामा उल्लेख छ।