असत्यको अन्धकार माथि सत्य एवं मर्यादाको रुपमा मनाईने पर्व रामनवमी अर्थात रामको जन्म दिन हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आजको दिन श्रध्दा– भक्ति र पुजा आराधना को माहौल बिच नेपाल लगायत भारत ,बंगलादेश ,श्रीलंका, म्यानमार , इण्डोनेशिया फिजी टापु, दक्षिण अफ्रिका सहित हिन्दुहरुको बसोबास गरिएका देशहरुमा भगवान श्रीरामको जीवन चरित्र कथाका विभिन्न कार्यक्रमहरु गरी मनाउने गर्छन्। आजको दिन जनकपुरस्थित श्री राम जानकी मन्दिरमा विशाल मेला लाग्दछ । यसरी नै राजधानीको बत्तिसपुतली, ललितपुर, भक्तपुर लगायत देश तथा विदेशका हरेक रामजानकी मन्दिरहरूमा मेला लाग्दछ। आजको हरेक हिन्दुधर्म आस्थावान व्यक्तिहरुले बिहानै नुहाइधुवाइ गरी सफलतापूर्वक श्री राम जानकीको पूजा आराधना गर्दछ। का
अहिलेसम्म खोज–अनुसन्धानको अनुसार इसापूर्व ७३९३ भन्दा पूर्व चैत्र शुक्ल नवमीका दिन मद्ध्यान्न समयमा भगवान श्रीरामको जन्म भएको थियो। त्रेतायुगमा चैत्र नवमीका दिन भगवान विष्णुले रामको रुपमा अवतार दिनुभएको थियो। बाल्मिकी कृति रामायणको अनुसार भगवान रामको जन्म पांच वटा ग्रहहरु उच्च स्थानमा रहेका थिए। रामले परिवार, समाज , राज्य तथा संसारमै आफू मर्यादित हुँदै मर्यादाको सही बाटो हिँड्न प्रेरणा दिएका थिए।
राम अनि रावणको चर्चा गर्दा राम चरित्रवान – मर्यादित भएको भएपनि रावण पनि राम भन्दा कम थिएन ।यद्यपि रावण भित्र अहंकार र राक्षसी स्वभावले गर्दा बदनाम थिएँ । रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए। रावण आफैमा पनि अत्यन्त ज्ञानी थियो। तर भगवान विष्णुका सातौं अवतारको रुपमा रहेको मर्यादा पुरुषोत्तम श्रीरामको हात बाट बद्ध भएमा मात्र आफूले बैकुण्ठ लोक पुग्ने भएकाले सीताको अपहरण गरी राम सँगै युद्ध गरेर रामकै हातबाट मर्ने रचना रचेका थिए। सायद त्यसैले होला दक्षिण भारतका केही समुदाय एवं स्थान, श्रीलंका, माल्दिभ्स आदि स्थानहरूमा राम जतिकै श्रध्दा मानेर रावललाई पनि पूजा गर्ने गरिन्छन्।
रामनवमी पर्व एक मेला वा उत्सव मात्र होइन, श्रीरामको कथाले धर्मभन्दा पनि जीवन बाँच्ने शैलीको रूपमा चित्रण गरिएको छ, धर्म मानवलाई प्राकृत प्रेमसँग गाँसीने चित्रण गरिएको छ ।श्रीरामले देखाएको सत्य एवं मर्यादित मार्ग संसारका सबै मानवका लागि अनुकरणिय उदाहरण हो। श्रीरामको पथमा हिंडौ सबैको कल्याण हुनेछ। रामनवमीको हार्दिक शुभकामना।