आज तीज व्रत हो। आज नेपालभरिका सम्पूर्ण हिन्दु महिलाहरुले यो व्रत मनाउने गरिन्छन्। यद्यपि तिथिको अनुसार आज नै चौथ तिथि पनि परेको हुनाले खासगरी मिथिलाका महिलाहरुले चौरचन पर्व आजैबाट प्रारम्भ गरिनेछ।पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । यस दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । वास्तवमा हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न तीज व्रत को विधि बताएका हुन्। शिवलाई प्राप्त गर्न पौराणिक कथन अनुसार हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । यसरी नै मिथिलाका सुहागिन नारीहरूले आफ्नो सन्तान तथा परिवार कल्याणका लागि चन्द्र देवतालाई पूजा अनुष्ठानको रुपमा चौरचन पर्व मनाइन्छन्। यस दिन चन्द्रमालाई अनुष्ठानको रुपमा खिरपुरी फलफुल आदि परिकारहरु द्वारा चन्द्रलाई हात उठाई पूजा गरिने गर्छन्। अनि चन्द्रलाई चढाएका विभिन्न परिकारहरु प्रसादका रुपमा ग्रहण गर्ने गरिन्छन्। तीज र चौरचन पर्वको हार्दिक शुभकामना।