emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्पार्कल इन्टरटेन्मेन्टद्वारा ‘मिस्टर एण्ड मिस आइडल सिजन–३’ घोषणा

source e-Madhesh २०८२ चैत्र ८ गते , आइतबार
0
Shares
70
Views
स्पार्कल इन्टरटेन्मेन्टद्वारा ‘मिस्टर एण्ड मिस आइडल सिजन–३’ घोषणा

ईमधेश सम्वाददाता,
काठमाडौं, ०८ चैत्र ।
 स्पार्कल इन्टरटेन्मेन्ट ले ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को घोषणा गरेको छ। शनिबार काठमाडौंको सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता वैशाख ५ गतेदेखि सुरु हुने जानकारी दिइएको हो।
आयोजकका अनुसार बालबालिका तथा किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, आत्मविश्वास र व्यक्तित्व विकासमा सहयोग पु¥याउने तथा उनीहरूलाई उचित प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
यस सिजनमा सहभागीका लागि उमेर समूह निर्धारण गरिएको छ। जुनियर ए तर्फ ६–८ वर्ष, जुनियर बी तर्फ ९–१२ वर्ष र सिनियर तर्फ १३–१५ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। इच्छुक अभिभावकहरूले वैशाख ५ गतेसम्म नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ।
नाम दर्तापछि सहभागीलाई करिब एक महिना प्रशिक्षण दिइनेछ भने जेठ २ गते राष्ट्रिय नाचघर मा ग्राण्ड फिनाले आयोजना गरिनेछ।
अघिल्ला दुई सिजनमा समेत प्रतियोगिताले उल्लेखनीय सफलता हासिल गरेको थियो। पहिलो सिजनमा रियान्शु दाहाल, पूर्णिमा थापा, सृष्टि बम्जन र अनमोल उप्रेती विजेता बनेका थिए भने दोस्रो सिजनमा कृषा हुमागाई, स्वीकृति पुन र प्रभाव राईले उपाधि जितेका थिए।
पत्रकार सम्मेलनमा कम्पनीकी सीईओ नितु श्रेष्ठले अभिभावकहरूलाई आफ्ना सन्तानको व्यक्तित्व विकासका लागि समयमै सहभागिता गराउन आग्रह गरिन्। कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्य, सामाजिक अभियन्ता पुण्य गौतम र मिना ढकाललगायतले प्रतियोगिताको सफलताको कामना व्यक्त गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न