emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल इन्जिनियरिङ कलेजमा ९ अनुसन्धान प्रस्तुत, सामाजिक–शहरी मुद्दामा गहिरो बहस

source e-Madhesh २०८२ चैत्र ५ गते , बिहीबार
0
Shares
79
Views
नेपाल इन्जिनियरिङ कलेजमा ९ अनुसन्धान प्रस्तुत, सामाजिक–शहरी मुद्दामा गहिरो बहस

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०५ चैत्र ।
 नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ। आर्किटेक्चर विभागका २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि डाक्टर झरना जोशी ले विद्यार्थीहरूको अनुसन्धानमूलक पहलको प्रशंसा गर्दै सामाजिक उत्तरदायी डिजाइन र अन्तरविषयगत सोचको आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक–प्राचार्य मोहन ध्वज केसी तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो।
तीन सत्रमा विभाजन गरिएको सेमिनारमा महिलाको अदृश्य श्रम, युवामा डिजिटल लत, परम्परागत खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषण जस्ता विषयमा अनुसन्धान प्रस्तुत गरिएका थिए।
अनुसन्धानहरूले सामाजिक तथा शहरी समस्याहरूको गहिरो विश्लेषण गर्दै व्यावहारिक समाधानसमेत सुझाएका थिए। प्यानल छलफल, विद्यार्थी प्रस्तुति र अन्तरक्रियाले कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजकको भनाइ छ। यस्तो कार्यक्रमले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व तथा विद्यार्थी नेतृत्व विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न