emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधवापुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, मधवापुर मावि प्रथम

source e-Madhesh २०८२ फाल्गुन ९ गते , शनिबार
0
Shares
127
Views
मधवापुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, मधवापुर मावि प्रथम

लिलाकान्त यादव,
राजविराज, ०९ फाल्गुन ।
मधवापुर खेल मैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मिति २०८२÷११÷०६ गते नगरपालिकाको वडा नं. ४ स्थित मधवापुर खेल मैदानमा गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
विभिन्न विधाका खेलकुद प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेल भावना प्रस्तुत गरेका थिए। प्रतियोगिताको समापन मिति २०८२÷११÷०८ गते गरिएको हो।
अन्तिम अंक तालिकाअनुसार मधवापुर माध्यमिक विद्यालय प्रथम, कंकालिनी माध्यमिक विद्यालय द्वितीय तथा सरस्वती माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेता विद्यालय तथा खेलाडीहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
नगरपालिकाले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा खेलकुदप्रति रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न