emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

साउथ वेष्टर्न कलेजमा स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

source e-Madhesh २०८२ फाल्गुन ७ गते , बिहीबार
0
Shares
97
Views
साउथ वेष्टर्न कलेजमा स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

र्ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०७ फागुन ।
 साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धराले स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कलेजले विश्वविद्यालयका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक, सञ्चालक समिति सदस्य तथा प्राध्यापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। प्रमुख अतिथि डा. श्रेष्ठ, विशेष अतिथि डा. राजेश केसी तथा क्याम्पस प्रमुख इन्जिनियर दीपक धामीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रम संयोजक नानी मैया डंगोलले स्वागत मन्तव्य राख्दै कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको बताइन्।
स्वागत सत्रमा बीएचएम र विविएका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। विदाइ सत्रमा पासआउट विद्यार्थीहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। साथै विभिन्न ब्याचका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।
वार्षिक पुरस्कार वितरणतर्फ शैक्षिक उत्कृष्टता, विविए गोल्ड अवार्ड, वर्ष उत्कृष्ट शिक्षक तथा वर्ष उत्कृष्ट विद्यार्थी लगायतका विधामा पुरस्कार प्रदान गरिएको थियो। समापनमा आयोजित ‘फ्रेसर शो’ अन्तर्गत प्रतिभा प्रदर्शन र प्रश्नोत्तर चरण सम्पन्न गरिएको आयोजकले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न