emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF सम्पन्न

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
142
Views
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २० माघ ।
 नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म चलेको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएको थियो। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहबीच महोत्सव समापन गरिएको हो।
समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीलाई अवार्ड प्रदान गरियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड जित्यो। चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपाल सर्वोत्कृष्ट राष्ट्रिय अभिनेता तथा ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन्। ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेल सर्वोत्कृष्ट राष्ट्रिय निर्देशक बने भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट छायांकन अवार्ड पाए।
अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड प्राप्त गर्‍यो। अष्ट्रेलियाको ‘कुप्पा’, लिथुआनियाको ‘द हेड’ र इजरायलको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ लगायतका चलचित्रहरू पनि विभिन्न विधामा सम्मानित भए।
महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक र अतिथिहरूको सहभागिता रहेको थियो। बागमती प्रदेश सरकार, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न