emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधवापुरमा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
138
Views
मधवापुरमा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

लिलाकान्त यादव,
राजविराज, १९ माघ ।
हनुमाननगर कंकालिनी नगरपालिका–४, मधवापुर स्थित  खेल मैदानमा प्रथम मधवापुर वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न उद्घाटन समारोहको अध्यक्षता वडा नं. ४ का अध्यक्ष मौली कुमार मण्डलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख विरेन्द्र माझी सहभागी हुनुहुन्थ्यो । विशिष्ट अतिथि सरिता यादव सिपलिया लगायत वडा नं. १ देखि १४ सम्मका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा नगर प्रमुख माझीले ब्याटिङ र वडा अध्यक्ष मण्डलले बलिङ गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो । उद्घाटन म्याच पोर्ताहा ‘ए’ र सकरदहीबीच सम्पन्न भयो । टस जितेर ब्याटिङ गरेको पोर्ताहा ‘ए’ ले २० ओभरमा १४३ रन बनाउँदै १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सकरदही १११ रनमै अलआउट हुँदै पराजित भयो ।
यसअघि पोर्ताहा ‘बी’ र योगिनिया बीचको खेलमा पोर्ताहा ‘बी’ ले २० ओभरमा २१७ रन बनाएको थियो भने योगिनिया १४३ रनमै अलआउट भएको थियो । प्रतियोगिताअन्तर्गत आगामी खेल पोर्ताहा ‘ए’ र इनरुवाबीच हुने आयोजकले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न