emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पब्लिक स्पिच बाँकेको चौथो श्रृंखला ः अडिसन राउण्ड सम्पन्न, १० प्रतिस्पर्धी फाइनलमा

source e-Madhesh २०८२ माघ १९ गते , सोमबार
0
Shares
117
Views
पब्लिक स्पिच बाँकेको चौथो श्रृंखला ः अडिसन राउण्ड सम्पन्न, १० प्रतिस्पर्धी फाइनलमा

ईमधेश न्यूज सम्वाददाता,
नेपालगञ्ज, १९ माघ ।
 बास नेपालको आयोजनामा सञ्चालन भइरहेको पब्लिक स्पिच बाँकेको चौथो श्रृंखला अन्तर्गत अडिसन राउण्ड नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनोट भएका छन् ।
विद्यार्थी तथा युवाहरूको वक्तृत्वकला, वाक् क्षमता र सार्वजनिक भाषणकला अभिवृद्धि गर्ने उद्देश्यले बास नेपालले विगतका वर्षदेखि निरन्तर रूपमा पब्लिक स्पिच प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो श्रृंखलाअन्तर्गत बाँके जिल्लाका विभिन्न विद्यालय तथा कलेजबाट १५ जना विद्यार्थीले अडिसन राउण्डमा सहभागिता जनाएका थिए ।
अडिसनका क्रममा प्रतिस्पर्धीहरूले ‘नैतिकता भ्रष्टाचार नियन्त्रणको प्रमुख आधार’, ‘मेरो देशको समृद्धिका आधार’ तथा ‘देशको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चितता’ जस्ता समसामयिक र गम्भीर विषयमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । गोलाप्रथामार्फत विषय छनोट गरी सहभागीहरूलाई तोकिएको विषयमा चार मिनेटको समय प्रदान गरिएको थियो । प्रतिस्पर्धीहरूले आत्मविश्वास, विषयवस्तुको गहिरो विश्लेषण र प्रस्तुतीकरण क्षमतामार्फत निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् किरण आचार्य तथा वरिष्ठ पत्रकारद्वय रुद्र खड्का र कृष्ण अधिकारी निर्णायकको भूमिकामा रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यस्ता प्रतियोगिताले युवाहरूलाई आत्मविश्वासी, जिम्मेवार र सचेत नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
निर्णायकहरूको मूल्याङ्कनका आधारमा बर्षिका भण्डारी, सृष्टि बुढामगर, मनिषा उपाध्याय, लक्ष्मी पोख्रेल, आशिका केसी, चन्द्रलाल जैसी, दीक्षिका खत्री, प्रणिशा भट्टराई, सगुन तिवारी र सबिना कठायत फाइनल राउण्डका लागि छनोट भएका छन् ।
आयोजक बास नेपालका अनुसार फाइनल राउण्ड आगामी माघ २८ गते सि.एस.टी. होटल नेपालगञ्जमा आयोजना हुनेछ । फाइनल चरणमा प्रतिस्पर्धीहरूले युवा शक्ति र यसको सदुपयोग, बौद्धिक पलायन रोकथामका दिगो उपाय, आर्थिक स्वतन्त्रता तथा सुशासनसम्बन्धी विषयमा मन्तव्य प्रस्तुत गर्नेछन् । आयोजकले प्रतियोगितामार्फत युवाहरूको नेतृत्व क्षमता र अभिव्यक्ति स्वतन्त्रतालाई सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न