emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नयाँ वर्ष २०८१को आगमन र सिरुवा मेला

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
193
Views
नयाँ वर्ष २०८१को आगमन र सिरुवा मेला

नयाँ वर्ष विक्रम संवत् २०८१ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘मधेश न्यूज परिवार’ले काममा गर्दछ।

हाम्रा सम्पूर्ण पाठक संगै समस्त नेपालीको लागि संदेश छ,बितेको वर्ष जेजति भयो दिएर गयो, अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ
वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ यो वर्ष सुन्दर स्वरुप छ।
संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आफ्नै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवतको रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । विक्रम संवत् अङ्ग्रेजी संवत् भन्दा ५६ दशमलव ७ वर्षले जेठो छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दु धर्मको प्रभाव र उमेर । विक्रम संवत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्र मास भनिएको हुनपर्छ ।चन्द्रमा र सूर्यबिचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापनलाई तिथि भनिन्छ । सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथि हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन र कृष्ण र शुक्ल पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन कालमा राजा विक्रमादित्यले सुरुवात गरेका यो संवत् नेपालको औपचारिक, आधिकारिक संवत् पनि हो र तराई मधेसमा यसको बढी महत्त्व छ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ र मधेशमा यसलाई पर्वको रूपमा लिइन्छ।
विशेष तिथि मिति लगायत अनगिन्ती चाड–पर्वहरूले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्छन। बैशाख २ गते तराईमा आजको दिनलाई सिरुवा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर मनाउने चलन छ । विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराई संगै
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ ।
संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको मर्म छाओस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । नव वर्ष २० ८१ को मङ्गलमय शुभकामना !

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न