emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

होलिका दहनको अभिप्राय नकारात्मकतालाई फाल्नु हो।

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
175
Views
होलिका दहनको अभिप्राय नकारात्मकतालाई फाल्नु हो।

-भूपदेव माली
हिन्दुहरूको खुसियाली एवं रङ्गको महान पर्व होली पर्व आएको छ। आज होलिकाको पुतला बनाएर रात्री दहन गर्ने परम्परा रहि आएको छ। हिरण्य कस्यपु को बहिनी होलिकालाई आगोमा जलेर नमर्ने वरदान प्राप्त थियो अर्थात भगवान शिव द्वारा आगोमा न जल्ने खालको वस्त्र प्राप्त थियो। हिरणकश्यपु ईश्वरलाई नमान्ने दानव प्रवृत्तिका थिए। हिरनकश्यपु द्वारा निर्देशित होलिकाले प्रहलादलाई मार्नका लागि काखमा बोकेर दन्किरहेको आगोमा लिएर बसिन्। तर भगवान विष्णुको कृपाले भक्त प्रलाद कुशल रहेर होलिका नै जलेर मृत्यु भयो। त्यही बेलादेखि असत्य माथि सत्यको जित (नराम्रो माथि राम्रोको विजयी ) को रुपमा होलिका दहन मनाउन थालिएको हो। यसको भोलिपल्टको दिन खुसियालीको रूपमा एकअर्कालाई रङ्ग दलेर खुसियाली बनाउने होलीको सुरुवात भएको हो।
होलिका दहन पर्वको सन्देश भन्ने ईश्वरले आफ्नो अनन्य भक्तहरूको रक्षाको लागि सधैं उपस्थित रहन्छ र सत्यको विजय जहिले पनि हुन्छ।
यस दिन हामीले समाजमा शत्रुता त्यागेर हाँसीखुसीसँग पर्व मनाउनु पर्दछ। हिंसा गर्नु हुँदैन। माछा – मासु र मदिराको सेवन गर्नु हुँदैन भन्ने सन्देश पनि दिइन्छ। किनभने माछा मासु र मदिरा सेवनले मानिसमा क्रोध उत्पन्न गर्दछ। त्यसैले वैदिक सनातन धर्मले माछा – मासु एवं मदिरा सेवन गर्न निषेध गरिएको छ। होली पर्व मनाउँदा मासा मासु तथा मदिरा सेवनलाई पूर्णरुपमा त्यागेर विभिन्न परिकारका पकवानहरू बनाएर पर्व मनाउनु नै बेस हो। यसो गर्दा हाम्रो यो पर्व विकृत हुनबाट बच्न सक्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न