emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मेयर कप महिला लिगः खडक क्युईन्स ५८ रनले विजयी, ममता चौधरी प्लेयर अफ दि म्याच

source e-Madhesh २०८२ असार १२ गते , बिहीबार
0
Shares
183
Views
मेयर कप महिला लिगः खडक क्युईन्स ५८ रनले विजयी, ममता चौधरी प्लेयर अफ दि म्याच

लिलाकान्त यादव,
राजविराज, १२ असार ।
 राजविराजमा जारी मेयर कप सप्तरी महिला प्राइड लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा खडक क्युईन्सले सुरूंगा सरभाइवल्सलाई ५८ रनले पराजित गर्दै सानदार जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको खडक क्युईन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार ग¥यो। टिमका लागि ममता चौधरीले ५१ बलमा ८ चौकासहित ६८ रन बनाउँदै शानदार प्रदर्शन गरिन् भने मोनिका साहले ३७ रनको सहयोग पु¥याइन्।
बलिङतर्फ सुरूंगाका दिपा रामले २ विकेट, भने रोजी कडारी, सानू राजबंशी र सरस्वती चौधरीले समान १–१ विकेट लिएका थिए।
१४२ रनको लक्ष्य पछ्याउने क्रममा सुरूंगा सरभाइवल्स १६.१ ओभरमै सबै विकेट गुमाउँदै मात्र ८३ रनमा समेटियो। उनीहरूको लागि रोमा थापाले २४ बलमा ३७ रन बनाइन् भने साना परविनले १८ रन जोडिन्।
खडकका भुमी सिंह र टीका साहले समान ३ विकेट र ममता चौधरीले २ विकेट लिए। ममता चौधरीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार राजबिराज रोयल्स र सुरूंगा सरभाइवल्सबीच खेल हुनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न