emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सञ्जीवकुमार पौडेलको ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

source e-Madhesh २०८१ चैत्र २५ गते , सोमबार
0
Shares
162
Views
सञ्जीवकुमार पौडेलको ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

काठमाडौं, २५ चैत्र ।
गायक सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा तयार भएको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ। गीतले प्रेममा चोट खाएका र आफैं पनि खुशी नपाएका मनहरुको अनुभूति उजागर गर्छ।
गीतमा देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ, र राजबाबु थापाको रेकर्डिङ रहेको छ।
भिडियो गायक पौडेलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ।
भिडियोमा प्रकाश खड्का र टिमको छायांकन, मिलन विश्वकर्माको कलर संयोजन र लक्ष्मण चौहानको सम्पादन छ।
गीतजत्तिकै भावनात्मक र दृश्यात्मक रुपमा आकर्षक भिडियोले गीतको भाव थप जीवन्त बनाएको छ।
गीतले प्रेममा कुनै कारणले साथ दिन नसक्ने अवस्थाको पीडा, मायाले साँचिएको सम्बन्धको अधुरोपन, र दुःखको स्वीकृतिलाई अत्यन्तै संवेदनशील ढंगमा प्रस्तुत गरेको छ।
सञ्जीवकुमार पौडेलका अघिल्ला थुप्रै गीतहरू पनि श्रोतामाझ लोकप्रिय छन्, र यो गीतले पनि भावनात्मक गीत रुचाउने दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न