emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बैकल्पिक शक्तिको खोजी गर्ने क्रममा जसपा र एमाले बीच चुनावी तालमेल भएको: मनिष सुमन

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
100
Views
बैकल्पिक शक्तिको खोजी गर्ने क्रममा जसपा र एमाले बीच चुनावी तालमेल भएको: मनिष सुमन

भूपदेव माली सप्तरी / कार्तिक २८ गते। देशलाई परिवर्तन गर्न वैकल्पिक शक्तिको खोजी गर्ने क्रममा हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच चुनावी तालमेल भएको जनता समाजवादी पार्टीका प्रवक्ता एवं पूर्व प्रदेश सभा सदस्य मनिष सुमनले बताउनुभएको छ। आईतबार मधेश न्यूजका भूपदेव माली सँग साक्षात्कार हुँदै नेता सुमनले सो कुरा बताउनुभएको हो। संघीयताको भरपर्दो संरक्षण तथा सबै जातजाति, सबै समुदायको अधिकारको प्रत्याभूत गर्दै भरपर्दो संरक्षण गर्न, जनताको जीवनस्तर उकास्न, देशलाई समृद्ध बनाउन नेकपा एमालेसँग चुनावी तालमेल सहित सरकारमा पनि तालमेल रहने नेता सुमनले बताउँदै भविष्यमा यसलाई अझ प्रगाढ सम्बन्ध बनाउने बताउनुभयो। हाम्रो पार्टी मधेस प्रदेशका एक ठूलो शक्तिको रुपमा मात्र नभई देशभरि नै आदिवासी, जनजाति एवं विभिन्न समुदायको अधिकारको सुनिश्चिताका लागि संघर्षरत पार्टी भएकोले एउटा ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित भए पनि नेपाली जनतालाई सुखी सम्पन्न र देशलाई समृद्ध पार्न एमालेसँग तालमेल गरी शक्तीको रुपमा परिणत भएको बताउँदै अब सानातिना वा क्षेत्रीय पार्टीहरुले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै हाम्रो पार्टी मधेस प्रदेश मात्र नभई देश मै सरकार बनाउने दाबी समेत गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न