emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट

source e-Madhesh २०८३ वैशाख २३ गते , बुधबार
0
Shares
76
Views
उपराष्ट्रपति यादव र नर्वेली राजदूतबीच शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, २३ वैशाख ।
 सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९७३ देखि कायम कूटनीतिक सम्बन्धले दुई देशबीच मैत्रीपूर्ण सहकार्यलाई मजबुत बनाएको उल्लेख गर्नुभयो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय दुवै देशका साझा मूल्य भएको उहाँको भनाइ थियो ।
उहाँले नवीकरणीय ऊर्जा, शिक्षा र सुशासन क्षेत्रमा नर्वेको सहयोग नेपालका लागि उपयोगी रहेको बताउँदै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । साथै, बहुपक्षीय मञ्चहरूमा नर्वेले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल–नर्वे सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्नुभयो ।
उपराष्ट्रपति यादवले मे १७ मा मनाइने नर्वेको संविधान दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिको कामना पनि व्यक्त गर्नुभयो ।
राजदूत मियोसले शिक्षा, ऊर्जा, सुशासन तथा मानवअधिकारका क्षेत्रमा सहकार्य विस्तार गर्न नर्वे इच्छुक रहेको बताउँदै नेपाल सरकारको विकास प्राथमिकतामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सहकार्य बढाउने सम्भावना औंल्याउनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न