emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न

source e-Madhesh २०८३ वैशाख २२ गते , मंगलबार
0
Shares
33
Views
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
सुनसरी, २२ बैशाख ।
 Forward Microfinance Laghubitta Bittiya Sanstha Ltd.को १३औँ वार्षिक साधारण सभा दुहवीमा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिका रूपमा सहभागी भगबती चौधरीले लघुवित्त कार्यक्रमले ग्रामीण महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो ।
उहाँले ऋण मिनाहा हुने भ्रममा नपर्न सदस्यहरूलाई सचेत गराउँदै कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । लघुवित्त क्षेत्रको दिगोपनाका लागि सञ्चालक, कर्मचारी र सेवाग्राही सबै पक्ष इमानदार हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले विपन्न परिवारको आर्थिक उन्नतिमा संस्थाले अझ ठूलो भूमिका खेल्न सक्ने धारणा राख्नुभयो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थाको सबलताका लागि प्रतिबद्धता जनाउनुभयो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ । साथै, संस्थापक र सर्वसाधारण समूहबाट सञ्चालकहरूको निर्वाचन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।
विशेष प्रस्तावअन्तर्गत शेयर संरचना ७०:३० बाट ६०:४० मा परिवर्तन गर्ने, पुँजीवृद्धि योजना अघि बढाउने तथा आवश्यक संशोधन गर्ने निर्णय पनि पारित भएको छ । संस्थाले हाल ४० जिल्लामा २.८४ लाखभन्दा बढी परिवारलाई सेवा पुर्‍याउँदै आएको जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न