emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु

source e-Madhesh २०८३ वैशाख ६ गते , आइतबार
1
Shares
341
Views
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु

लिलाकान्त यादव,
राजविराज, ०६ बैशाख ।
 नेपाल प्याब्सन सप्तरीले प्रभावकारी शिक्षण सिकाइ प्रविधि अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने तालिम कार्यक्रम सुरु गरेको छ। तालिमको पहिलो दिन विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल प्याब्सनका केन्द्रिय अध्यक्ष देवनाथ यादवले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा राजविराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ अधिकृत भोगेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो।
त्यस्तै विशिष्ट अतिथिहरूमा नेपाल प्याब्सनका महासचिव शम्भु कुमार यादव तथा मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक समिति सदस्य दिनेश कुमार यादव सहभागी थिए। अतिथिका रूपमा जयप्रकाश यादव नेपाल प्याब्सनका संथापक सदस्य, धिरेन्द्र प्रसाद साह नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका बरिष्ठ पत्रकार लगायत जिल्लाभरका करिब ६० जना शिक्षकहरुको उपस्थिति रहेको थियो।
तालिममा मुख्य प्रशिक्षक योगेन्द्र प्र्रसाद यादव र प्रशिक्षक चुनचुन यादवले आधुनिक शिक्षण विधि, विद्यार्थीकेन्द्रित सिकाइ र कक्षा व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको सञ्चालन मनोज कुमार यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहसचिव सुमन ठाकुरले व्यक्त गर्नुभयो। शुभकामना मन्तव्य प्रमुख अतिथि भोगेन्द्र प्रसाद यादव र महासचिव शम्भु कुमार यादवले दिएका थिए।
कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष देवनाथ यादव र प्रमुख अतिथि भोगेन्द्र प्रसाद यादवले संयुक्त रूपमा गरेका थिए। आयोजकका अनुसार तालिमले शिक्षकहरूको दक्षता अभिवृद्धि गर्दै शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न