emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’

source e-Madhesh २०८२ चैत्र १८ गते , बुधबार
0
Shares
65
Views
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’

काठमाडौं – अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरिएको छ। अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले संयुक्त रूपमा भिडियो सार्वजनिक गरेका हुन्।
रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीतकार तथा संगीतकार गोविन पुनको शब्द र संगीतमा तयार भएको गीतलाई दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन्। ‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा आधारित भिडियोमा प्रेम, सम्बन्ध र सहयात्राको भावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
म्युजिक भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ, जसले भिडियोको दृश्यात्मक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। भिडियोमा सुरेश बस्नेत र रेहा पोखरेल स्वयंले श्रीमान–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार भिडियो उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित छ।
विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ। छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्याललगायतको टोलीले काम गरेका छन्।
उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे सुरेश बस्नेतले यो परियोजना आर्थिक लाभभन्दा पनि गीतसंगीतप्रतिको लगावका कारण दर्शकमाझ ल्याइएको बताए। व्यस्त चिकित्सकीय पेशामा आबद्ध रहे पनि दम्पतीले आगामी दिनमा पनि संगीत यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न